काठमाडौँ ।

प्रहरी प्रधान कार्यालयले बिभिन्न जिल्लामा डीएसपी परिवर्तन गरेको छ । केहीलाई जिल्ला भन्दा भन्दा अन्यत्र पनि सरुवा गरिएको छ । सिन्धुपाल्चोकमा काज रहेका डीएसपी माधवराज खरेलको यही जिल्लामा सरुवा भएको छ ।
मङ्गलवार सार्वजनिक भएको सूचीमा सिन्धुपाल्चोक दरबन्दी रहेका नवराज ढुङ्गेललाई बागमती प्रहरी कार्यालय पठाइएको छ । सरुवाको २५ नम्बरमा रहेका खरेललाई प्रहरी भान्से कुटेको आरोप पनि लागेको छ ।
यद्यपि, भान्सेको आक्रमण बाट आफूलाई चोट लागेको खरेलको भनाइ छ । बागमती प्रहरी कार्यालयमा दरबन्दी रहेका खरेलको सिन्धुपाल्चोक प्रहरी कार्यालयमा काज थियो ।










