काठमाडौं ।

नेपालका प्रधानकन्त्री केपी ओलीको भारत भ्रमण हुने भएको छ । भ्रमणलाई अझ दुई देशबीच हितमा बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विदेश सचिव नेपाल पठाएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं आइपुगेका विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने छन् । सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि आजै दिने कार्यक्रम तय भएको छ ।
मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।
मिश्री सोल्टी होटेलमा रहेका छन् । त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न जानेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।






