टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन नेकपा ( एमाले) का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सार्वजनिक अनुरोध गरेका छन् ।

उनले गङ्गालाई भेटेर शुभकामना दिँदै ६ हजार भन्दा बढी भोट पनि हालेका थिए । जिल्लाले एउटा नयाँ प्रतिभा पाउने भएका कारण पनि गङ्गाको जित आवश्यक भएको भिडिओ सन्देश तामाङले प्रवाह गरेका छन् ।
फाइनल प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गङ्गालाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका राजनीति दल सामाजिक व्यक्तित्व तथा सर्वसाधारणले सार्वजनिक आह्वान गरेका छन् ।
https://www.facebook.com/share/v/1PBxpYndpa/






