सिन्धुपाल्चोक जिल्लामा प्रशासनिक सेवाको सहज पहुँच र विस्तारका लागी जिल्लाका नेताहरुले सम्बन्धित मन्त्रीहरुलाई भेटेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा सेवा सुविधा लिने क्रममा तीन जिल्लाजस्तो कठिनाइ भोगिरहेको भन्दै इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग गरिएको छ ।
एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सेवाहरूलाई छिटोछरितो ढंगले उपलब्ध गराउन मेलम्ची र बाह्रबिसेमा छुट्टाछुट्टै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।






