नेकपा एमाले बाह्रविसे नगर कमिटी अधिवेशनको बन्दसत्र छुट्टा छुट्टै दुइ स्थानमा सम्पन्न भयो एका तिर पार्टी अध्यक्ष होमनारायण श्रेष्ठ र केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सरेश नेपालको सहानुभुति रहेको थियो । जुन बन्दसत्रबाट बमबहादुर तामाङको अध्यक्षतामा पालिका कमिटी गठन भयो । जुन कमिटीलाई संस्थापन एवम् आधिकारीक दावि गरिएको छ । त्यस विषयमा एमालेका एक नेता संगको कुराकानी मा उनले भने बाह्रबिसेको नगर अधिबेशन दुईटा भएको हैन । भएको एउटै हो । पालिका पार्टी कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउत, उपाध्यक्ष कल्याणी घिसिङ्, सचिव राजकुमार सुबेदीको तत्कालिन नेतृत्वले बिधिवत बैठक गरि, अधिबेशनको तयारी गर्न आवस्यक कार्यबिभाजन गरि, छनौट गरिएका प्रतिनिधिहरुको सुचि प्रदेश कमिटीको संगठन बिभागबाट प्रमाणित गरेर बिधानका सबै प्रकारका प्रकृया पूरा गरेको थियो । नगर अधिबेशन भनेको भित्तामा टाँसिएको ब्यानर हैन, यो त बिधानले गरेको ब्यावस्थाको कार्यान्वयन हो ।
बम बहादुर तामाङ नेतृत्वमा गठित नयाँ कमिटी मात्रै बिधान, नियमावली अनुशारको कमिटी हो । अर्को समानान्तर अधिबेशन भनेर जुन अराजक र अनुशासनहीन काम गरियो त्यो लामो समय देखि संस्थापन पक्षको नेतृत्वको मात्र हैन पार्टीको नीति सिद्वान्त कै बिरुद्व अराजकता सृजना गरिरहने केही मान्छेको उक्साहटमा भएका अनुशासनहीन कार्य हुन् ।
कथित भँगेरी बैठकमा अरुनै बिषयमा छलफल गर्ने भन्दै दोश्रो अधिबेशनको ब्यानर टाँसेर जुन अराजनीतिक नाटक मञ्चन गरियो त्यो निदनीय कार्य हो । पार्टी भित्रै बसेर पार्टी बिरुद्व गरिएको दुष्कर्म हो । त्यहाँ न अधिबेशनका आयोजक छन र प्रतिनिधि छन । न त्यहाँ राजनीतिक, संगठनात्मक र आयब्ययको प्रतिबेदन नै कसैले बाचन गर्नु पर्यो । प्रदेशको संगठन बिभागले प्रमाणित गरेको प्रतिनिधिहरुको सुचिमा ती पदाधिकारीहरु भनिएकाहरुको नामै छ । वा मनोनयन गर्ने आधिकारीक ब्याक्ति समेत त्यहाँ छैनन् । यस्ता गंभिर प्रश्नहरुको जवाफ उनीहरुसंग छैन ।
प्रथम अधिवेशनबाट गठित नगर कमटीलाई आदेश निर्देशनको भरमा चलाउन खोज्ने, वडा अधिबेशन नगर्न, गर्न नदिन दबाब दिने, केन्द्रको संगठन बिभागले प्रमाणित गरि पठाएको सदस्यहरुको लिष्टमा आफू अनुकुलको सदस्य भएन भनेर बखेडा झिक्ने काम गरिरहे । जिल्लाको ११ पालिकाको र बागमती प्रदेशको अरु सबै पालिकाको अधिबेशन सम्पन्न हुँदा पनि बाह्रबिसेको हुन सकेन । बिपक्षीहरुको पार्टीमा गए हुन्छ भनेर पार्टीका शुभ चिन्तकहरुलाई बारम्बार निरास बनाउने काम गरिरहे । पालिका कमिटीले चार पटक सम्म अधिबेशनको मिति तोकेर पनि स्थगित गरेर सहमति खोज्दा सहमतीमा आउन नचाहे पछि पार्टी बनाउने, विधिमा चल्ने र संगठनात्मक अनुशासन भन्ने नै देखिएन । यो विवाद मिलाउन जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रबाट खटिएका प्रदेश र जिल्ला ईचार्जहरुले धेरै प्रयत्न गर्नु भयो । उद्घाटन समेत चार महिना अघि सम्पन्न भै बन्द शत्र सुरु गर्ने बेलामा अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष बनाउन दबाब सृजना गर्न थालियो । बन्द शत्रको बैधानिकता नस्वीकार्ने, तर अध्यक्षको घोषणा आफुने भनेको मान्छे हुनु पर्ने बटम लाईन बनाउदै संगठनात्मक अराजकता ल्याउन सबै प्रकारका दुश्प्रचारहरु गर्न थालियो । यो सबै बाधाहरु पन्छाउदै बाह्रबिसे नगरको दोश्रो अधिबेशन ग्राण्ड रिसोर्टको हलमा अत्यन्तै जनबादी बाताबरणमा उत्साहप्रदरुपमा सम्पन्न भएको छ । कमरेड बम बहादुर तामाङ अध्यक्षतामा गठित नेतृत्वलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।
नेकपा एमाले बाह्रविसे नगर कमिटीको सोही अर्को स्थानमा छुट्टै बन्दसत्र भएको थियो जहा एमाले जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्ण गोपाल तामाङ, उपसचिव द्धय शिवहरी सापकोटा र सुशिला पाख्रीन एमाले पुर्व जिल्ला कमिटी अध्यक्ष कमल नेपाल, प्रदेश कमिटी सदस्य निम्फोन्जु शेर्पाको सहभागीतामा भयो कार्यक्रमले माधव नेपालको अध्यक्षतामा कमिटी गठन गरेको छ । माधव नेपाल नेतृत्वको कमिटी नै आधिकारीक र बैधानिक रहेको दावि बन्दसत्रमा सहभागि नेताहरुले गरेका छन् । यस्ता गतिविधिका कारण पार्टि प्रति जनमानसमा विश्वासको खडेरी पर्ने समेत देखिन्छ ।






