चौतारा ।
चौतारा भीमसेन मन्दिरमा धर्मशाला तथा अक्षय कोष स्थापनाका लागि श्रीमद्भागवत कथा वाचन गरिएको छ । भदौ १२ देखि सुरु भएको सो कार्यक्रममा धेरै भक्तजनले आर्थिक तथा भौतिक सहयोग गरेको आयोजकले जनाएको छ ।

सो अवसरमा चौतारा क्याम्पसका अध्यक्ष गम्भीरलाल श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ । यो राशी धेरै दान गर्ने मध्यको एक हो ।
विभिन्न सामाजिक काममा सकृय श्रेष्ठले अन्य ठाउँमा पनि आर्थिक एवम् भौतिक सहयोग गर्दै आएका छन् । विगतमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा श्रेष्ठले गरेको सहयोग र काम उल्लेखनीय छ ।






