काठमाडौँ ।

नेकपा एमालेको निर्वाचन आयोगको प्रमुखमा डा विजय सुब्बा दोहोरिएका छन् । उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि दोहोरिएका हुन् ।
एमाले र अन्य कम्युनिष्ट पार्टीबीचको भिन्नता दर्शाउन झण्डाको रंग फरक बनाउने प्रस्ताव पारित भएको हो ।
एमालेले अब आफ्नो झण्डामा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया हथौडा राख्ने भएको छ ।






