बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसिरहेको छ । आजको आन्दोलन र त्यसपछिको परिस्थिति बारे छलफल गर्न बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा,राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा सामाजिक संजाल पुनः सन्चालन गर्नेबारे छलफलबाट निष्कर्ष आउने संभावना छ ।






