सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकले कोसेली घर सञ्चालनमा ल्याइएको छ।
अपाङ्गता भएका ब्यक्ति, अभिभावक एवम् स्थानीयस्तरमा उत्पादित सामाग्रीलाई प्रबर्द्धन र बजारीकरण गर्ने उदेश्यले संचालित कोशेली घरमा विभिन्न किसिमका अचार, कोदो, मकै, चामलको पिठो, बेसार, धुपबत्ति, अमिलोजन्य परिकार, लोकल अण्डा, घीउ, तेल र हाते बुनाइ सामाग्री रहेका छन् ।
काेसेली घरमा जिल्ला बाहिरबाट आएका पाहुनाहरुलाई सिन्धुपाल्चोककाे चिनाे स्वरुप लैजान पाउने गरि याे घर सञ्चालनमा ल्याईएकाे स्थानिय जानकी श्रेष्ठले जानकारी दिईन ।
जिल्लाकाे सदरमुकामकाे उत्पादन नभई जिल्लाका हिमाली क्षेत्रमा उत्पादित छुर्पि, सिस्नाेकाे पाउडर लगाएका सामाग्रीहरु समेत आगामी दिनमा काेसेली घरमा उपलब्ध हुने सञ्चालकहरुकाे भनाई छ ।







