जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

पोष्टमार्टम सकिएपछि ज्यान गुमाएका सहिदको टिचिङ अस्पतालबाट शवयात्रा गरी आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
सहिदको पार्थिक शरीरमा गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । राष्ट्रिय सम्मानपछि मृतकहरुको आफन्तले आर्यघाटमा दाहसंस्कार गरेका छन् ।






