काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले केही नागरिक अगुवासँग तत्कालीन परिस्थितिको बाध्यताले संविधानमा तलमाथि गर्नुपरे पनि अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै नागरिक अगुवाहरूले सरकारले निर्वाचन समयमा नगर्ने खालका गतिविधि गर्न सक्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । बुधवार पौडेल भेट्न बिभिन्न क्षेत्रका अगुवाहरु शितल निवास पुगेका थिए ।
उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा समेत जोड दिएका छन् ।
संक्रमणकाल र परिस्थितिको बाध्यताका नाममा संवैधानिक संरचनाहरूमाथि असंवैधानिक हस्तक्षेप हुन नदिन उनीहरूले राष्ट्रपतिलाई सचेत गराएका छन् ।






