संविधान दिबस र चाडहरुको उपलक्ष्यमा नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य माधब प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य टासी लामा,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी,प्रदेश २(ख) का संयोजक एबम जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जारा जिल्ला कमिटी सदस्यद्वय पासाङ लामा, नारायण भट्टराई , पालिका कमिटी सदस्यहरु,वडा कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको उक्त कार्यक्रम पालिका कमिटी उपाध्यक्ष दोकदोक तामाङको अध्यक्षतामा सम्पन्न भएकोकार्यबाहक अध्यक्ष दोक दोक तामाङले जानकारी दिए ।
सो कार्यक्रममा स्वागत मन्तब्य निर्मल बन्जाराले गरे । सो अवसरमा नेकपा माओवादी केन्द्र पालिका कमिटी अध्यक्ष दिल बहादुर वाईबा,एमाले प्रदेश कमिटी सदस्य टासी लामा,केन्द्रीय सल्लाहकार परिषद सदस्य माधब प्रसाद पाण्डेले शुभकामना मन्तब्य राखेका थिए ।






