काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज सकिएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गरेर अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ।






