मेलम्ची ।

दोस्रो मेलम्ची–१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभूत विद्यालयले जितेको छ । सितलादेवी माविमा आज सम्पन्न फाइनल खेलमा भुमेस्थानले काफ्लेखोला युवा क्लबलाई सोझो ३–० सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि उचाल्न सफल भएको हो ।
प्रतियोगितामा वडाभित्रका ७ टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाललगायतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा कलाकार प्रतिमा अर्याल, प्रदीप रोक्का र निमेश दाहाललगायतले प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा पहिलो हुनेले २५ हजार रुपैयाँसहित प्रमाणपत्र, दोस्रो हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र र तेस्रो स्थानमा नबज्योतिले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।






