सिन्धुपाल्चोक ।
नेपाने युथ क्लबले दशैंको अवसर पारेर चाैतारास्थित वृद्वाश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेको छ।

संस्थाले वार्षिक कार्यक्रमअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि वृद्वाश्रमका ज्येष्ठ नागरिकलाई सहयोगस्वरूप खाद्यान्न र फलफुल उपलब्ध गराएको हो। क्लब चाैतारा वृद्वाश्रमको आजिवन सदस्यसमेत रहेको छ।
संस्थाका अध्यक्ष रामहरी पराजुलीले आगामी दिनमा पनि वृद्वाश्रमको संस्थागत विकासमा हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। पाँच वर्षअघि स्थापना भएको नेपाने युथ क्लबले यसअघि पनि समुदायमा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको अध्यक्ष पराजुलीले जानकारी दिए।
9






