काठमाडौं ।

बाढी र पहिरोका कारण मर्नेको संख्या ४३ पुगेको छ । पाँच अझै बेपत्ता छन् भने १२ घाईतेको उद्धारपछि उपचार भईरहेको छ । सवैभन्दा धेरै ईलाममा मानिस मारिएका छन् । गाउँनै पहिरोमा परेर धेरै क्षति भएको हो ।
बाढीपहिरोको वितण्डा काठमाडौँ आसपासमा कम भएपनि पूर्वी भेगमा अझै पानी परिरहेका कारण समस्या आउन सक्ने अनुमान गरिएको छ । काठमाडौँ जोड्ने सडक बन्द भएका छन् । दशैँका बेला मानिसहरुलाई आवतजावत गर्न समस्या भईरहेको छ ।






