अहिले हामी समग्र विषयमा केन्द्रित रहेर छलफलमै छौँ । सचिवालयको बैठक आज छ । यसअघि पनि बैठकमा यसबारे छलफल भएको थियो । केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

पार्टी पुनर्गठनको विषय मात्रै होइन, यो परिस्थिति किन आयो रु भन्ने कुरामा पनि गम्भीर समीक्षा हुनुपर्छ । देशमा अहिले अराजकता छाइरहेको छ, देश अफ्ठेरो अवस्थामा छ । यो परिस्थिति आउनमा कहाँ त्रुटि भयो रु कसले त्रुटि गर्यो ? कहाँनेर गम्भीरता भएन, यी सबै विषयमा छलफल हुनुपर्छ ।
अब यसरी नै अगाडि बढ्नसक्ने अवस्था छैन । त्यसबारे पनि हामीले छलफल गर्नुपर्नेछ । त्यसैले नेतृत्व परिवर्तनसहित यी सबै विषयमा छलफल भइरहेको छ । बैठक सकिएपछि एउटा धारणा तय हुन्छ ।
अहिलेको यो स्थिति आउँदा हामी नै सरकारमा थियौँ । हाम्रै पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । यो स्थिति आउन नदिनको लागि उहाँमा गम्भीरता देखिएन, उहाँले केके भूमिका खेल्नुपथ्र्यो भन्ने कुरा एउटा छ ।
यो कुरा जेनजी पुस्ताले मात्रै होइन, म आफैँले पनि उठाइराखेको छु । अब युवा र नयाँ नेतृत्व अगाडि बढ्नुपर्छ । यो देशको परिवर्तनको लागि अझ सशक्त नेतृत्व चाहिन्छ भनेर हामीले भनिराखेका छौँ । यो विषय पनि अहिले छलफलमा छ ।
यो कुरा उठेको छ, उठ्छ पनि । यो मात्रै होइन, अहिलेको परिस्थितिको गम्भीरता, निर्वाचन, पार्टीलाई पुनर्संरचना गरेर अगाडि बढ्ने कुरा, नयाँ नेतृत्वलगायतको विषय हामीले उठाइरहेका छौँ । अब केन्द्रीय कमिटी बैठक नबसी के हुन्छ ? हामीले भन्न सक्ने अवस्था छैन ।






