केन्द्रीय कार्यसमिति बैठकमार्फत काग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुँदैछन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूको आक्रमणमा परी घाइते भएका देउवा स्वास्थ्यलाभपछि आज पहिलोपटक सार्वजनिक हुन लागेका हुन्। बैठकको सभापतित्व उनैले गर्नेछन्।
बैठकमा उनी आउँदैनन् र उपसभापति पूर्णबहादुर खड्काले नै सभापतित्व गर्छन् भन्ने अनुमान थियो। तर अन्तिममा आफै आउने निर्णय उनले गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे सभापति देउवासहित केही पदाधिकारीको बैठक बसेको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल हुनेछ। त्यसपछि सानेपामै दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक सुरू हुनेछ।






