काठमाडौँ

काठमाडौँका मेयर बालेन्द्रविरुद्ध उजुरी दर्ता गर्ने महाराज गुरुङमाथि पनि साइबर जाहेरी विचाराधीन रहेको छ । तर, उनी विहिवार दलबलसहित साईवरब्यूरो पुग्दा पनि पक्राउ परेनन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङमाथि पनि प्रहरीमा जाहेरी विचाराधीन अवस्थामा रहेको खुलेको छ । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा गुरुङविरुद्ध २०८१ माघमा उजुरी परेको पाइएको हो ।
एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेको बताउने शोभा पाठकले गुरुङसहित मंगल थापा र सुमन पुरीमाथि आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । पाठकले तत्काल कानुनी कारबाहीको माग गरेकी थिइन् । उक्त जाहेरी प्रहरी परिसरले कानुनबमोजिम अनुसन्धानका लागि साइबर शाखा पठाएको थियो । तर सो प्रकरणमा हालसम्म कुनै कारबाही भएको छैन ।






