खाडिचौर । देशभर झै एमाले सिन्धुपाल्चोकले पनि खाडीचौरमा भव्य सभा गरेको छ । जिल्लाका नेता तथा कार्यकर्ता भेला भएर एमालेविरुद्द भैरहेको हमलाको प्रतिरक्षा गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विशाल जनसभा हुनुले पनि एमालेप्रती सिन्धुपाल्चोकमा जनसम्मान रहेको बताए । पोलिट्ब्यूरो सदस्य अरुण नेपाल र जिल्ला इन्चार्ज सरेस नेपाले एमालेलाई सिन्धुपाल्चोकमा कसैले रोक्न नसक्ने उदघोष गरे । विभिन्न कलाकारले प्रस्तुति दिएर सभालाई अझ आकर्षक बनाएका थिए ।








