
सिन्धुपाल्चोक । नेकपा एमालेको ११औँ महाधिवशनमा सिन्धुपाल्चोकबाट प्यानल बनाएर चुनावमा गए पनि मिश्रित रुपमा १७ प्रतिनिधि चयन भएका छन् ।
क्षेत्र नम्बर १ मा कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै, महिलातर्फ सुशीला पाख्रीन, दाबुटी शेर्पा लामा र कमला श्रेष्ठ कायस्थ पनि निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा आङदोर्जे शेर्पा निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कृष्णगोपाल तामाङ, टासी लामा ह्योल्मो, हस्त पण्डित र मित्रलाल चौलागाई निर्वाचित भएका छन् ।
महिलामा बालकुमारी सापकोटा र सुनिता पराजुली निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा हिरा चौलागाई निर्वाचित भएका छन् । दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका थिए ।






