चौतारा ।

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुपाल्चोक जिल्लाबाट नेतृत्वको विभिन्न तहमा दाबी गर्ने क्रम तीव्र बन्दै गएको छ । जिल्लाभित्रका नेताहरूले औपचारिक–अनौपचारिक रूपमा उम्मेदवारी घोषणा गर्न थालेसँगै कार्यकर्ता स्तरमै व्यापक बहस, समर्थन निर्माण र लबिङको वातावरण देखिन थालेको हो ।
जिल्लाबाट तीन पटक महाधिवेशन प्रतिनिधि भइसेकेकी सुशीला पाख्रिनलाई केन्द्रीय सदस्य बनाउन लविङ्ग सुरु गरिएको छ । महिला कोटामा युवा प्रतिनिधित्व गराउन पनि पाख्रिनको आवश्यकता रहेको सिन्धुपाल्चोकका महिला नेतृहरूको भनाई छ ।
स्थिर, सङ्गठित र कार्यकर्तामुखी नेताका रूपमा परिचित भएकाले यहाँका केही गाउँ कमिटीले नै संस्थागत रूपमा केन्द्रीय सदस्य पदका लागि लबिङ थालेका छन् ।
पाख्रिनलाई केन्द्रीय सदस्य बनाउन वागमती प्रदेशस्तर वाट पनि सिफारिस गरिएको छ ।
पाख्रिनले गाउँ–समुदाय स्तरमा गतिविधि विस्तार, सङ्गठन सुदृढीकरण र स्थानीय जनताको विश्वास जित्न सफल भएकाले केन्द्रमा प्रतिनिधित्व गराउनुपर्ने आवाज उठेको छ ।







