नेकपा एमालेले २ सय ७७ जना नेतालाई जिल्लाको चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठककको निर्णयअनुसार मातहतका कमिटीलाई सर्कुलर पठाएर नेताहरुको जिम्मेवारी तोकेको हो । सिन्धुपाल्चोकमा भने सुवास कर्माचार्य संयोजक रहेका छन् । सदस्यमा भने हस्तवहादुर पण्डित,शेरवहादुर तामांग र डोल्मा तामागलाई सदस्य राखिएको छ । शेरवहादुर यस अघि नै स्थायी कमिटी सदस्य भएका थिए । उनी सिन्धुपाल्चोकका लागि सदस्य मात्र रहेका छन् ।







