सिन्धुपाल्चोक । नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । नेपालले एक नम्बर क्षेत्र र तामाङले दुई नम्बर क्षेत्रका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता अघि नेपाल र तामाङ जिल्ला पाटी कार्यालयबाट र्याली सहित निर्वाचन प्रमुखको कार्यालय पुगेका थिए ।







