सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा चुनावी माहौल तातेको छ । तर प्रतिस्पर्धाभन्दा बढी व्यक्तिगत आरोप, गुटीय आरोप–प्रत्यारोप र भावनात्मक भाष्य हाबी हुँदै गएको देखिन्छ । यही सन्दर्भमा बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पाले नेकपा एमालेका तर्फका उम्मेदवार सरेश नेपालमाथि लगाएका आरोपबारे केही तथ्य स्पष्ट गर्न जरुरी भएको छ ।

आङ्दोर्जे शेर्पाको टिकट खोसिएको विषय
आङ्दोर्जे शेर्पालाई उम्मेदवार बनाउने प्रारम्भिक चर्चा चलेपछि त्यसकै सबैभन्दा तीव्र विरोध गर्ने व्यक्ति निमफुन्जो शेर्पा स्वयं थिए । उनको फेसबुक स्ट्याटस अहिले पनि देख्न सकिन्छ । टिकट किनबेच भयो भन्दै बदनाम गराउने काम पनि उनैबाट भएको तथ्य विदित छ ।
त्यसपछि टिकटको निर्णय जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको नाममा भयो । त्यसमा पनि असन्तुष्टि देखिएपछि अन्ततः सरेश नेपालको नाममा टिकट भएको हो । यो प्रक्रियालाई ‘टिकट खोसियो’ भनेर व्याख्या गर्नु सरासर भ्रम फैलाउने काम हो ।
२०७० सालमा ३२ मतको हार र अन्तर्घात आरोप
यो आरोप भावनात्मक छ, तथ्यपरक होइन ।
सरेश नेपालले सार्वजनिक रूपमा पटक–पटक यस विषयमा प्रष्टीकरण दिइसक्नुभएको छ ।
स्वयं निमफुन्जोले नै अघिल्लो निर्वाचनमा सरेशले अन्तर्घात नगरेको बताएका छन् । गरेको भए ५ हजारले हारिन्थ्यो भनेर बोलेको अभिलेख छ ।
२०७० को हारपछि एमालेले सयौँ कारण समेटेर आन्तरिक समीक्षा गरेको थियो । कतै पनि सरेस नेपाललाई दोषी ठहर गरिएको छैन ।
यदि अन्तर्घातको प्रमाण भएको भए पार्टीले कारबाही नगर्ने प्रश्नै उठ्दैनथ्यो ।
बरु त्यति बेला उम्मेदवार अरुण नेपालसँग निमफुन्जोको व्यवहार र चुनावी असहयोगबारे स्थानीय तहमा चर्चा भएकै विषय हो ।
सरेस मोहन बस्नेतको उम्मेदवार हो भन्ने हल्ला
यो पूर्णतः राजनीतिक भ्रम र बदनाम गराउने भाष्य हो । एमालेको चुनाव एमालेले लड्छ, भोट सूर्य चिन्हमा हालिन्छ, नतिजा एमालेको नाममा जोडिन्छ । एमालेले आफ्नै नेता कार्यकर्तालाई पार्टीप्रति इमानदार बनाउन नसकेको उदाहरण निमफुन्जो स्वयं हुन् । पार्टीको कमिटीमा भएका मानिस जथाभाबी बोल्दै हिँडेका छन् । अरू दलका कार्यकर्तालाई कसरी बाध्य पारिन्छ ?
अघिल्ला निर्वाचनमा काँग्रेसको उम्मेदवार नहुँदा पनि कसैलाई बाध्य पारिएको थिएन । अहिले त काँग्रेसको आफ्नै उम्मेदवार छ ।
२०७४ र त्यसपछिका सरेस नेपालको भूमिका
२०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भई मन्त्रीसमेत भइसको व्यक्ति सरेस नेपाल ।
बाह्रबिसे नगरमा निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्दा काँग्रेसका स्थानीय नेता डिबी तामाङ लगायतलाई एमालेमा ल्याएर निमफुन्जोलाई मेयर जिताउन भूमिका खेलेका व्यक्ति । त्यति बेला भगवान् हुने, अहिले असहमति भएपछि अन्तर्घाती हुने—यो तर्क आफैँमा विरोधाभासपूर्ण छ ।
शेर्पा समाजलाई भावनात्मक रूपमा प्रयोग गर्ने प्रयास
निमफुञ्जोले अहिले शेर्पा समाजप्रति नै भावनात्मक द्धेष फैल्याउने काम गरेका छन् । यो पटक्कै सुहाउँदो कुरा होइन ।
शेर्पा समाज सोझो छ, तर राजनीतिक रूपमा सचेत पनि छ । शेर्पा समुदायलाई भावनात्मक नारामा प्रयोग गरेर व्यक्तिगत रिस साँध्ने काम कसैले पनि गर्नु हुँदैन ।
उनै निफुञ्जोले आफ्नै परिवारका सदस्य (फुल्मु शेर्पा) लाई एमाले नेताहरूसँग भेट्न नदिई माओवादीतर्फ धकेलिएको प्रसङ्ग पनि स्थानीय स्तरमा ज्ञात विषय हो । त्यसैले शेर्पालाई घुमाइयो भन्ने आरोप गर्ने नै व्यक्ति को हुन् भन्ने प्रश्न उठ्छ ।
यसर्थ,
सरेस नेपाल अहिले एमालेका उम्मेदवार मात्र हुन् । चुनाव एमालेले लडेको हो, भोट सूर्यमा हालिने हो, जित–हार एमालेको हुने हो ।
एमाले चलायमान संस्था हो । उम्मेदवार र नेता फेरिन्छन् । पात्र मन नपरेको कारण सङ्गठनप्रति घात गर्नु उचित होइन ।
यत्रो विशाल पार्टीमा सबैसँग सबैको मत मिल्न सक्दैन । आधिकारिक निर्णय कार्यान्वयन गर्दै, कमजोरी भए समीक्षा गर्दै जानु नै सङ्गठनात्मक संस्कार हो ।
राजनीतिमा असहमति स्वाभाविक हो । तर असहमतिको नाममा झुट, भ्रम र व्यक्तिगत आरोप फैलाउनु न त सङ्गठनको हितमा छ, न समाजको हितमा हुन्छ ।
आरोप होइन, तथ्य बोलौँ । भावना होइन, जिम्मेवार राजनीति गरौँ ।






