राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि सांसदहरूको नाम चयन गरेको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट महिला तथा पुरुषको प्रतिनिधित्व मिलाएर सूची सार्वजनिक गरेको हो।
पार्टीले सार्वजनिक गरेको सूचीअनुसार खस–आर्य समूहबाट १६ महिला र १ पुरुष चयन भएका छन्। जसमा प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ रहेका छन्।
त्यसैगरी आदिवासी जनजाति समूहबाट १३ महिला र ३ पुरुष चयन भएका छन्। यस समूहमा बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा छन्।
मधेसी समूहबाट ६ महिला र २ पुरुष चयन भएका छन्। जसमा पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन्।
दलित समूहबाट ७ महिला र १ पुरुष समावेश गरिएको छ। यस समूहमा रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा र खिमा विक छन्।
त्यस्तै थारु समुदायबाट २ महिला र २ पुरुष चयन भएका छन्। यसमा गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन्।
मुस्लिम समुदायबाट ३ महिला चयन भएका छन्। जसमा समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी रहेका छन्।
रास्वपाले समानुपातिक सूचीमा महिलाको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको जनाएको छ।







