नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलाल प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका छन्।

पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड ले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। दुलाल सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य हुन ।
प्रचण्डले बिहीबार संघीय संसद् सचिवालय का महासचिवलाई औपचारिक पत्र पठाउँदै दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराएका छन्।
सचिवालयलाई पठाइएको पत्रमा दुलाललाई पार्टीका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्य सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।
दुलाल प्रतिनिधिसभामा पार्टीको गतिविधि व्यवस्थापन, सांसदहरूको उपस्थिति सुनिश्चित गर्ने तथा दलको निर्देशन कार्यान्वयन गराउने भूमिकामा रहनेछन्।






