नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालत ले आदेश दिएको छ।

अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात अध्ययन गर्दा पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको बताएका छन्।
शर्माले पीडितलाई यातना दिई दास बनाइ राखेको भन्ने आरोप पुष्टि गर्ने वस्तुनिष्ठ आधार नदेखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतबाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको आदेशमा उल्लेख गरिएको छ।
यसअघि महान्यायाधिवक्ताको कार्यालयले पनि प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।






