सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा २०८२ चैत ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
गाउँपालिकाका अनुसार परीक्षामा कुल ३०४ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३०३ जना उत्तीर्ण भएका छन्। यससँगै गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ९९.६७ रहेको छ ।
विद्यालयगत विवरण अनुसार श्री लागर्चे माध्यमिक विद्यालयले सबैभन्दा उच्च ३.७८ जीपीए प्राप्त गर्दै पालिकाभर उत्कृष्ट नतिजा हासिल गरेको छ । त्यसैगरी अन्य विद्यालयहरूले पनि सन्तोषजनक नतिजा ल्याएका छन् ।
गाउँपालिकाले नतिजालाई सकारात्मक रूपमा लिँदै शैक्षिक गुणस्तर सुधारतर्फ थप पहल गर्ने जनाएको छ । नतिजा सार्वजनिक गर्दै पालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाईसमेत दिएको छ ।







