चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अदालतबाट दुई वटा मुद्वामा दोषी ठहर भई फरार रहेका मेलम्ची नगरपालिका वडा नः ९ बस्ने वर्षा ५६ काे पित्तबहादुर कार्कीलाई पक्राउ गरेको छ।
प्रहरीले दिएको जानकारीअनुसार फैसला कार्यान्वयनलाई तीव्र बनाउने अभियान अन्तर्गत मेलम्ची ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई खोजी गरी पक्राउ गरेको हो।
कार्की विदेशी विनिमय सम्बन्धी मुद्दामा दोषी ठहर भई १ कराेड ४६ लाख ६७ हजार ५१० रुपैयाँ जरिवाना तोकिएको थियो त्यस्तै उनलाइ भ्रष्टाचारसम्बन्धी पनि मुद्दामा १४ लाख ७५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका कार्कीबाट कुल १ कराेड ६१ लाख ४२ हजार ५१० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा उपस्थित गराइएको छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादी पक्राउ अभियानलाई अझ सशक्त पार्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिए ।







