बाह्रबिसे ।

श्री शारदा माध्यामिक बिद्यालय बाह्रबिसेमा अध्ययन गरेका पूर्वबिद्यार्थीहरुको बृहत भेला हुने भएको छ ।
बैशाख १९ गते भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा भेला आयोजना गरिएको श्री शारदा पूर्व बिद्यार्थी समाजले जनाएको छ ।
पूर्वबिद्यार्थी पूर्नमिलन तथा बनभोज कार्यक्रम २०८३ लाई भब्यरुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा भएको अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक जिल्लाकै पुरानो मध्येको यो बिद्यालयमा अध्ययन गर्ने धेरै बिद्यार्थीहरु उच्च तहमा पुगेका छन् । उनीहरु सवैलाई समेटेर आपनत्व बढाउन खोजिएको पूर्वबिद्यार्थी समाजको भनाइ छ ।
बिद्यालयलका पूर्व बिद्यार्थीलाई समेटेर कलेज स्थापनामा पनि महत्वपूर्ण योगदान गरेका पूर्वबिद्यार्थी समाजका संस्थापक अध्यक्ष केदार क्षत्रीलगायतका अग्रजहरुको अग्रसरतामा भेला आयोजना गरिएको हो ।






