सिन्धुपाल्चोक — भरत प्रसाद पराजुली ले चौतारा साँगाचोकगढी नगरपालिका–१० की बुद्धकुमारी कार्कीलाई आधुनिक ह्वीलचियर सहयोग गरेका छन्।
२०७२ सालको भूकम्पपछि अचानक दुवै खुट्टा नचल्ने अवस्थामा पुगेकी कार्कीलाई सांसद पराजुलीले व्यक्तिगत पहलमा ह्वीलचियर उपलब्ध गराएका हुन्।
निर्वाचनअघि घरदैलो अभियानका क्रममा कार्कीको अवस्था देखेपछि आफू निर्वाचित भए वा नभए पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै पराजुलीले सोही प्रतिबद्धताअनुसार ह्वीलचियर प्रदान गरिएको बताए।
ह्वीलचियर पाएपछि अब दैनिक जीवन सहज हुने भन्दै कार्की परिवारले खुसी व्यक्त गर्दै सांसद पराजुलीलाई धन्यवाद दिएका छन्।
सांसद पराजुलीले आफ्नो निर्वाचन क्षेत्रसँगै समग्र सिन्धुपाल्चोक जिल्लाका नागरिकका समस्या समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।







