दोलखा : तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीको बहाव बढेपछि फसेका एक युवकको नेपाली सेनासहितको सुरक्षा टोलीले सकुशल उद्धार गरेको छ ।
दोलखाको चुरिखर्क निवासी करिब २२ वर्षीय युवक माछा मार्ने क्रममा नदीको बहाव बढेपछि नदीमै फसेका थिए। अवस्था जोखिमपूर्ण बनेपछि नेपाली सेनाबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धार अभियान सञ्चालन गरेको थियो ।
उद्धार टोलीले लामो प्रयासपछि हिजो राति करिब १०ः५० बजे युवकलाई सकुशल उद्धार गर्न सफल भएको हो ।
नदीको बहाव बढेका बेला माछा मार्ने तथा नदी किनारमा जाने क्रममा थप सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।







