काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ३७ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार सरुवा भएका शाखा अधिकृतमध्ये २६ जनालाई विभिन्न स्थानीय तहमा खटाइएको छ । केहीलाई मालपोत कार्यालयमा सरुवा गरिएको छ भने बाँकीलाई विभिन्न मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायमा जिम्मेवारी तोकिएको छ ।
सरुवा भएका शाखा अधिकृतले निर्णयअनुसार तोकिएको नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
मन्त्रालयको निर्णयअनुसार सरुवा भएका ३७ शाखा अधिकृतको नाम, हालको कार्यालय र नयाँ जिम्मेवारीसहितको विवरण यस्तो छ ।







