काठमाडौं : नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाबहिलको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष दामोदर सापकोटाले गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिले संस्थाको लेखा अवस्थाबारे जानकारी गराएको थियो ।
२०६३ सालमा सानो लगानी र सीमित कारोबारबाट सुरु भएको संस्थाले पछिल्लो समय करोडौँ रुपैयाँको कारोबार गर्न सफल भएको सभामा जानकारी गराइएको थियो। संस्थामा हाल १ हजार ४०९ जना शेयर सदस्य रहेका छन् ।
सभाका प्रमुख अतिथि लेखा बोर्डका अध्यक्ष रमेश धितालले सहकारीको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन लगानीकर्ता संस्था र ऋणी दुवैको समान भूमिका रहने बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
साधारण सभाले आगामी तीन वर्षका लागि रामप्रसाद लुईटेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा दामोदर सापकोटा, सचिवमा विनोदकुमार ढकाल र कोषाध्यक्षमा विश्वराज लामिछाने निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा विश्वलोचन नेपाल, गोमा न्यौपाने, एककृष्ण पराजुली, देवकी धिताल र रामप्रसाद सापकोटा निर्वाचित भएका छन् ।


लेखा सुपरिवेक्षण समितिको संयोजकमा विजया लामिछाने तथा सदस्यमा मुक्तिनाथ पराजुली र दीपक पुडासैनी निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको संस्थाका व्यवस्थापक अर्जुन अर्यालले जानकारी दिए ।






