काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९७५ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने १३० वटा सवारी कारबाहीमा परेका छन् ।
त्यस्तै, सिसिटिभीमार्फत ६१, लेन अनुशासन उल्लंघनमा ४७, रेड लाइट उल्लंघनमा ५१, अवस्था ठीक नभएका ५५, मादक पदार्थ सेवन (मापसे) मा ४८, हर्न निषेध उल्लंघनमा २१ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १४ वटा सवारीमाथि कारबाही गरिएको छ ।
यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ५४८ वटा सवारी कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।







