सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष बिमल प्रसाद पौडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
जनप्रतिनिधिका रूपमा आफ्नो वडामा विभिन्न उदाहरणीय काम गरेको उल्लेख गर्दै पौडेलले स्थानीय तहका समस्या, आवश्यकता र जनताको आवाज पार्टीको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। २०३८ सालदेखि नेपाल विद्यार्थी सघमा आवद्ध भएर नेपाली काग्रेसको गतिविधिमा सलग्न पौडेल यसभेगको अग्रज मध्येमा पर्नुहुन्छ ।
उनले गाउँ तथा स्थानीय तहका समस्या र जनताका अपेक्षालाई महाधिवेशनमार्फत राष्ट्रिय राजनीतिक बहसमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।







