काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८४९ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज १५ गते बिहान ६ बजेदेखि गरिएको कारबाही विवरणअनुसार ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न प्रकृतिका सवारी चालक कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेकामध्ये तीव्र गतिमा सवारी चलाउने १००, रेड लाइट उल्लंघन गर्ने ५०, निषेधित क्षेत्रमा हर्न प्रयाेग गर्ने १३, मादक पदार्सथ सेवन गरि सवारी चलाउने ५९, सवारीको अवस्था ठीक नभएका ३६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना रहेका छन् ।
त्यस्तै, सिसिटिभि क्यामेरा बाट कार्बाही ५६ जना तथा अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघनमा ५२१ जना कारबाहीमा परेको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित रूपमा चेकजाँच तथा कारबाही गर्दै आएको छ। कार्यालयले चालकहरूलाई ट्राफिक नियम पालना गरी सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।







