चौतारा :कर तिर्ने प्रक्रियादेखि छुट तथा सहुलियतसम्मका विषयमा जानकारी पाएपछि सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायीमा उत्साह देखिएको छ। आर्थिक ऐन २०८३ ले व्यवस्था गरेका कर छुटका प्रावधानबारे जानकारी गराउन चौतारामा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले आयोजना गरेको कार्यक्रममा करसम्बन्धी नयाँ व्यवस्था, राजस्व दाखिला, प्यान दर्ता तथा खारेजी र सरकारले उपलब्ध गराएका सहुलियतबारे व्यवसायीलाई जानकारी गराइएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले करदाताले पाउने सहुलियतको उपयोग गर्नुपर्नेमा जोड दिए। उनले आगामी पुस मसान्तसम्म उपलब्ध हुने सहुलियतबारे जानकारी गाउँगाउँ र व्यवसायीमाझ पुर्याउन आग्रह गर्दै करसम्बन्धी सूचनामा नियमित अपडेट रहन पनि सुझाव दिए ।
कर प्रशिक्षक टीकाराम शर्माले प्यान दर्ता, राजस्व दाखिला, प्यान खारेजी र आर्थिक ऐनमा समेटिएका कर छुटका व्यवस्थाबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
यसैबीच, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेलले जिल्लामा यातायातसम्बन्धी सेवा विस्तारको तयारीबारे जानकारी गराए । उनका अनुसार बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र जारी गर्ने र दर्ता गर्नेबाहेकका अन्य सेवा सिन्धुपाल्चोकबाटै उपलब्ध गराउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरेको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जर सिंह तामाङले व्यवसायीका समस्या र आवश्यकतालाई सम्बोधन गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले स्थानीय बजारको खुद्रा बिक्री मूल्यसूची निर्धारणमा संघले समन्वय गर्दै आएको उल्लेख गर्दै मूल्यमा आवश्यक परिवर्तन गर्नुपरेमा संघसँग परामर्श गर्न व्यवसायीलाई आग्रह गरे ।
संघको कार्यसमिति सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार रविन गौतमले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका पूर्वप्रमुख नगेन्द्रप्रसाद दंगाल, संघका कार्यालय प्रमुख ईश्वरीप्रसाद चालिसे, साना तथा मझौला व्यवसायी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हरिकुमार श्रेष्ठ, सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठलगायत जिल्लाका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू सहभागी थिए ।

यसैबीच, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेलले जिल्लामा यातायातसम्बन्धी सेवा विस्तारको तयारीबारे जानकारी गराए। उनका अनुसार बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र जारी गर्ने र दर्ता गर्नेबाहेकका अन्य सेवा सिन्धुपाल्चोकबाटै उपलब्ध गराउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरेको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जर सिंह तामाङले व्यवसायीका समस्या र आवश्यकतालाई सम्बोधन गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले स्थानीय बजारको खुद्रा बिक्री मूल्यसूची निर्धारणमा संघले समन्वय गर्दै आएको उल्लेख गर्दै मूल्यमा आवश्यक परिवर्तन गर्नुपरेमा संघसँग परामर्श गर्न व्यवसायीलाई आग्रह गरे।
संघको कार्यसमिति सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार रविन गौतमले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका पूर्वप्रमुख नगेन्द्रप्रसाद दंगाल, संघका कार्यालय प्रमुख ईश्वरीप्रसाद चालिसे, साना तथा मझौला व्यवसायी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हरिकुमार श्रेष्ठ, सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठलगायत जिल्लाका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू सहभागी थिए ।






