काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ६ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवामा प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरू रहेका छन् ।
उपलब्ध विवरणअनुसार कर्मचारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत विभिन्न निकायमा सरुवा गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै, केही कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोगको सचिवालय तथा विभिन्न सरकारी कार्यालयमा जिम्मेवारी तोकिएको छ ।

सरुवा सुचि:







