एमालेको विधान अधिवेशनको मिति तोकिएको छ । त्यस बिषयमा घनिभूत छलफलका लागि विहिवार सचिवालय बैठक हुने छ ।

नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको बस्ने भएको हो ।
एक् पदाधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।
आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने छ । संशोधनको खाका बनाउन यस अघि नै पाटीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।
बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने छ ।
साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय हुने छ ।
।






