सिन्धुपाल्चोक — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट फैसला भई सजाय तथा जरिवाना तोकिए पनि लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले विशेष अभियान सञ्चालन गरी पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय नौसाद आलम रहेका छन्। उनलाई डाँका चोरी मुद्दामा ४ वर्ष ११ महिना ७ दिन कैद तथा ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, जिल्ला २९ बस्ने परिवर्तित नाम बतासे क (२०) काे लाई अपहरण तथा बन्धक मुद्दामा १० महिना ७ दिन कैद सजाय तोकिएको थियो। उनी पनि फरार सूचीमा रहेका थिए ।
यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ का ४७ वर्षीय कुष्णलाल श्रेष्ठलाई ठगी तथा अन्य मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनी पनि फरार रहेका थिए।


प्रहरीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पेश गरेको जनाएको छ। प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर दिई रहने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।






