काठमाडौं : बाग्मति प्रदेश अन्तर्गत निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूसँग प्रधानमन्त्रीले आज छलफल गरेका छन्। उक्त छलफलमा विभिन्न क्षेत्रका समस्या तथा विकासका विषयमा सांसदहरूले आफ्ना धारणा राखेका थिए।
छलफलका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरत प्रसाद पराजुलीले आफ्नो क्षेत्रका मुख्य समस्याहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। उनले नेपाल–चीन जोड्ने अरनिको राजमार्गको स्तरोन्नति तथा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी, पराजुलीले जिल्लामा रहेको नेपाल ओरियन्टेड म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्। उद्योग सञ्चालनमा आए स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि बढ्ने विश्वास उनले व्यक्त गरे।







