काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले भदौ २६ गतेको निर्णयअनुसार २६ जना उपसचिव र ६२ जना शाखा अधिकृत गरी ८८ जना राजपत्रांकित कर्मचारीको सरुवा गरेको हो ।
सरुवा भएका कर्मचारीमध्ये केहीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै, केहीलाई विभिन्न सरकारी कार्यालय, मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायमा खटाइएको छ ।
मन्त्रालयको निर्णयअनुसार गरिएको सरुवाले स्थानीय तहदेखि संघीय सरकारका विभिन्न निकायसम्म कर्मचारी व्यवस्थापनमा फेरबदल भएको छ ।
सरुवा भएका २६ उपसचिव र ६२ शाखा अधिकृतको नाम तथा उनीहरूलाई खटाइएको कार्यालय/स्थानीय तहको विवरण यस्तो छ–
उपसचिवको सरुवा सूची

शाखा अधिकृतको सरुवा सूची:








