२०३७ को माघको तेस्रो साता मानेस्वारा र राम्चेका युवा साथीहरुको सकृयतामा भद्रकाली नि मा वि को प्रांगणमा जालसॅाजी नाटक प्रदर्शन गरियो । यो नाटक प्रगतिशील साहित्यकार तथा बामपंथी नेता आदरणीय व्यक्तित्व मोदनाथ प्रश्रितले लेख्नुभएको थियो । तराईको परिबेश र चरीत्र चित्रण भएको यो नाटक हाम्रो गाउॅ ठाउॅमा पनि त्यतिकै सान्दर्भिक र समसामयिक थियो । त्यसैले त यो नाटकले दर्शकहरुको मन छुन सफल भएको थियो । यस नाटकलाई स्व रेशमप्रसाद चौंलागाइले निर्देशन गर्नु भएको थियो । रामेछाप गुन्सिभदौरे घर भएका स्व चौंलागाइ शारादा मा वि बाह्रविसेमा शिक्षण गर्नुहुन्थ्यो । वहॅा नेकपा चौमको जिम्मेवार कार्यकर्ता हुनुहुन्थ्यो ।

बाह्रविसे आसपासका स्थानहरुमा अखिल छैठॅौको संगठन बलियो हुनुमा वहॅाको भूमिका महत्वपूर्ण छ ।जालसॅाजी नाटकमा नायक ( दनवा) को अभिनय स्व बिन्द्र दाइले गर्नु भएको थियो । दनवा सामन्ती शोषणको मारमा परेका गरिब पात्र थिए । मैले सहनायक ( बिकुवा ) को भूमिका निर्बाह गरेको थिए। बिकुवा पढेलेखेको सचेत वर्गको प्रतिनिधि पात्र थियो । उसैको नेतृत्वमा शोषणको मारमा परेका गरिबहरु एक जुट भइ सामन्तीहरुको बिरुद्द धावा बोलेका थिए । हरिप्रसाद पौडेल , अर्जुनबहादुर तिमल्सिना ,रामप्रसाद पौडेल र जलप्रसाद भण्डारीले श्री राम चौधरी र चन्द्रप्रसाद जस्ता सामन्ती र तीनका मतियारहरुको अभिनय गर्नु भएको थियो ।
केशबप्रसाद पौडेल ,माधबप्रसाद पौडेल ,गोकुलबहादुर पौडेल ,छत्रबहादुर पौडेल ,बल्दब पौडेल ,उद्दब पौडेल ,हरिप्रसाद दहाल ,याण्टप्रसाद तिवारी ,देबीदत्त तिवारी , सदानन्द तिमल्सिना ,सॅग्राम नेपाली लगायतका साथीहरुको नाटकमा बिभिन्न भूमिकामा सहभागिता थियो । गीत संगीतमा हरिप्रसाद पौडेलको विशेष भूमिका रहेको थियो । नाटकमा आदरणीय दाइ केशबप्रसाद पौडेलले उद्घोषकको भूमिका निर्बाह गर्नु भएको थियो ।
डेढ् महीनासम्म नाटकको रियलसल भएको थियो । रियलसल अवधिमा बिभिन्न चुनौतिहरुको सामना गर्न परेको थियो । बाह्रविसेको जागीर मानेस्वाराको रियलसल त्यसै चुनौति त छॅदैथियो । अर्को पक्ष गाउॅमा नाटक बिरोधी तत्वहरुको जमात पनि ठूलै थियो । प्रहरी प्रशासन पनि हाम्रो बिरुद्ध थियो । सबै खाले प्रतिकूलतालाई अनुकूलतामा बदल्दै र बिरोधीहरुको अॅाखा छल्दै कहिले केशब दाइको ( एक्ले) घर र ( ढॅाडे ) कटेरोमा ,कहिले माधब दाइको ( गैह्री ) गोठमा त कहिले ( भद्रकाली नि मा वि ) मा रियलसल गरियो ।यसको लागि केशब सर ,रेशम सर र म बाह्रविसेबाट झॅमक्क रात परेपछि गाउॅतिर उक्लन्थ्यॅौ । सकेसम्म लाइट बालिदैनथ्यो ।अरू साथीहरू पनि तेसैगरी रात परेपछि घरबाट निस्किनुहुन्थ्यो । रातको ११/१२ बजेतिर रियलसल सकेर हामी कहिले बाह्रविसे नै फर्कन्थ्यौं । कहिले घुमांमा बसिन्थ्यो । धेरैजसो घुमांमा माधब दाइकोमा बसिन्थ्यो ।भोलिपल्ट खाना खाएर विध्यालय आइन्थ्यो ।
ठूल्यामाले ( माधब दाइको आमा ) हामीलाई धेरै माया गर्नुहुन्थ्यो । कहिले बिन्द्र दाइसॅग राम्चेतिर लागिन्थ्यो । एक रात रातको कुरा हो११;३० बजे रियलसल सकेर बिन्द्र दाइ र म एक्लेबाट राम्चेतिर लाग्दै थियॅौ ।एक्लेबाट सहेले निस्किने गोरेटो बाटो ,खेतिको लागि मात्र प्रयोग हुनेहुदा तेति गतिलो थिएन ।अधेरी रात ,हामीसॅग यौटा पेन लाइट थियो । अधेरी खोला तरेको पनि थिएन ,अचानक एकैचोटि हुरी ,बतास र असीना पानि ओइरियो ।पुसको रात ,असीना पानीमा रुझ्दै हिड्दै थियौं । त्यही बेला लाइटको ग्लुब जल्यो ।
बिजुली चम्केको उज्यालोको भरमा बल्ल बल्ल सहेलेमुनि फॅाटमा आइपुगियो । त्यहॅा यौटा वर्खे कटेरो रहेछ। हामी त्यही कटेरोमा छिर्यौ । हिउदको समय भएकोले मान्छे बस्दा रहेनछन । कटेरोभित्र ४/५ भारी पराल रहेछ । चिसै लुगा हामी परालको भारीको अन्तरमा घुस्रिएर बस्यॅौ । २/३० बजेतिर पानि रोकियो । हामी नीष्पट्ट अध्यारोमा छॅाम छॅाम छॅुम छॅुमगर्दै राम्चेतिर लाग्यॅौ । त्यो घटना मेरो स्मरणमा अझै ताजा छ ।
क्रमश:






