काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार पाल्पा जिल्ला रामपुर नगरपालिका–१० का समिर बहादुर मगरलाई आज बिहान करिब ११:१५ बजे हिमालय एयरलाइन्समार्फत दुबई प्रस्थान गर्ने क्रममा पक्राउ गरिएको हो। चेकजाँचका क्रममा शरीर खानतलासी गर्दा उनको साथबाट साउदी रियाल ३० हजार बराबर करिब १२ लाख १४ हजार नेपाली रुपैयाँ विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको विदेशी मुद्रासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।








