काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तथा काज गरेको छ ।
प्रहरी महानिरीक्षकको असार २७ गतेको निर्णयअनुसार असार महिनाको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निरीक्षकहरूको सरुवा तथा काज गरिएको हो ।
मानवस्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले सम्बन्धित कार्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन तथा सरुवाको कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

सरुवाको सूची अनुसार रहेकाे छ ।






