नेपाल आइडल सिजन ६ का विजेता तथा उप विजेतालाई जि.एल ईन्जिनियरिङ कन्सल्टेन्सीले नगद सहित सम्मान गरेको छ ।
कन्सल्टेन्सीले नेपाल आईडल सिजन ६ को उपाधी बिजेता गंगा सोनाम, फस्ट रनरअप पविता थापा मगर, सेकेन्ड रनरअप दर्शना कामधारी साथै फाइनलिष्टहरु अभिनय खाती र म्रिनल मानन्धरलाई नगद रु दश हजारका दरले सम्मान गरिएको थियो ।
ग्वार्कोमा आयोजित कार्यक्रममा कन्सल्टेन्सीका निर्देशक गम्भिरलाल श्रेष्ठ र कन्सल्टेन्सीका संञ्चालक उत्तमदेवी श्रेष्ठले सम्मान गरेका छन् । निर्देशक श्रेष्ठले सिन्धुपाल्चोक नेपाल आइडलमा सहभागी भएकी गंगा सोनामलाई विजयी गराउन एक्काइस हजार रुपैयां बराबरको भोटिङ समेत गरेका थिए । आफ्नै जिल्लाको छोरीले नेपाल आईडल जितेपछी आफु हर्षित समेत भएको निर्देशक श्रेष्ठले बताए ।







