जागिर सरकारी ।
क्वाटर सरकारी ।
सवारी साधन सरकारी ।
इन्धन सरकारी ।
ड्राइभर पनि सरकारी ।
ल्यापटप सरकारी ।
त्यसमा जोड्ने इन्टरनेट पनि सरकारी ।
मोबाइल सरकारी ।
सिम सरकारी ।
रिचार्ज पनि सरकारी ।
ड्रेस सरकारी ।
कार्यालयमा प्रयोग हुने फर्निचर सरकारी ।
आवास कक्षामा प्रयोग हुने फर्निचर सरकारी ।
ओढ्ने ओछ्याउने, पकाउने खाने भाडा पनि सरकारी ।
सेवाग्राहीलाई सेवा दिन आवस्यक स्टेशनरी त ठिकै छ हुँदा हुदा जागिर खान हाजिर कापिमा हस्ताक्षर गर्ने कलम पनि सरकारी ।
गेट बाहिर निस्के टिएडिए ।
आफ्नै अफिसमा हुने बैठकको पनि भत्ता ।
एउटै बैठकबाट टुंगोमा पुग्ने विषय पनि आज एउटा भोलि अर्को गर्दै बठकै बैठक ।
बैठकै पिच्छे भत्तैभत्ता ।
जनताको सानो काम पनि अनुचित लाभ नलिई नगर्ने प्रवृत्ति ।
१०० मिटरको दुरी भित्र पनि यो झ्याल त्यो झ्याल गर्दै दिनभर दगुरे पनि नसकिने फाँटैफाँट ।
आफुचाही गजधम्म परेर घुम्ने कुर्सीमा बस्ने अनि दिनभर लाइनमा उभिएर सेवा लिने सेवाग्राही सँग गरिने रुखो बोली व्यवाहार ।
अरु त ठिकै छ सरकारलाई राजश्व बुझाउन पनि मान्छे किनेर लाइन लगाउन पर्ने अवस्था ।
भरखरै सकिने काम पनि यता र उताको झ्यालमा दौडाउने प्रवृत्ति ।
कसरी सजिलो बनाउने भन्दा पनि कसरी अड्काउने ? दुख दिने र कसरी हैरान पारेर गोजि टकटकाउन बाध्य पार्ने भन्ने प्रवृत्ति ।
यता र उताको नियम कानुन देखाएर सच्चा जनप्रतिनिधि र राष्ट्रसेवकहरूलाई समेत औंला बाङ्गो बनाउन सिकाउने प्रवृत्ति ।
आफ्नो जिम्मेवारीमा तोकिएको बाहेक सबैजसो काम जान्ने, सबैलाई सल्लाह दिन जान्ने प्रवृत्ति ।
यो प्रवृत्तिमा परिवर्तन नभए सम्म जुन व्यवस्था आएपनि, जुन तन्त्र ल्याएपनि सर्वसाधारण जनताले पाउने भनेको सास्ती वाहेक केही हुँदैन ।
(साँच्चिकै देश र जनता सम्झेर कार्यसम्पादन गर्ने असल राष्ट्रसेवकहरू प्रति उच्च सम्मान छ ।)






