मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ।
अहिले पश्चिमी वायु र अरब सागरमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव परेकाले नेपालका विभिन्न स्थानमा हिजोदेखि मौसममा परिवर्तन आएको छ। केही स्थानमा हल्का वर्षा भएको छ भने कतै हिमापात पनि भएको छ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा ठूलो हिमपात हुन सक्ने जनाएको छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा पनि असर पर्न सक्ने भएकाले अधिकारीहरूले सर्वसाधारण र सबै सरोकारवाला पक्षलाई आवश्यक सतर्कता अवलम्बन गर्न आग्रह गरेका छन्।






